क्यानडाका नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी मनाए


काठमाडौँ, मङ्सिर ३ । क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन् । क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय सहभागी भएर शतबीज छरेका हुन् ।मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको थियो । नेपाली संकृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लीला भण्डारीले जानकारी दिनुभयो ।
पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले बताउनुभयो । नेपाली समुदायका लागि गरिने सानाठूला कार्यक्रममा सकेको योगदान गर्नुपर्ने भन्दै उहाँले नेपालीबीच भाइचाराको भावना बढाउँदै संकृति संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।


















