समाचार

‎त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी हाजिर

उमेश रोकाया
२०८२ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

 ‎बाजुरा , मंसिर २ । जिल्ला त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी सोमबारदेखि हाजिर हुनुभएको छ । लामो समयदेखि देखि प्रमुख प्रशासकीय अधिकृत नहुदा निमित्तको भरमा कामकाज गर्दै आएको त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मौनी अहिले काम गर्दै आइरहेका छन । ‎

‎संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्तिक २३ गतेको निर्णय अनुसार शाखा अधिकृत टेक बहादुर मौनीलाई पठाएको थियो । उक्त निर्णयलाई कार्यनयन गर्दै सोमबार देखि मौनीले नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका छन्। ‎ ‎प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी समालेका मौनीलाइ नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला ( जोशी) न्यौपाने, वडा नम्वर ३ का अध्यक्ष तथा नगर प्रवक्ता मिनबहादुर भण्डारी  लगायतले स्वागत गरेर अबिर सहित खादा लगाएर स्वागत गरेका छन् ।

कमेन्टहरु