सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी

रासस
२०८२ मंसिर २ | मध्यान्ह ०२:०८ बजे

देवदह (रुपन्देही), मङ्सिर २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताउनुभएको छ ।उहाँले संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा निर्वाचन गर्न सकिने बताउनुभयो । आज भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अधिकारीले संसद् पुनस्र्थापना गनुपर्नेमा जोड दिनुभयो ।
सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने बताउनुभयो । “सबैको सहमतिमा यो विषम परिस्थितिलाई सामान्य बनाउँदै भयरहित वातावरणमा निर्वाचन निष्पक्ष बनाउने कुरामा ‘अर्ली इलेक्सन’ को पक्षमा छौँ, अहिलेको निकास यही हो,” उहाँले भन्नुभयो ।


















