समाचार

बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा

उमेश रोकाया
२०८२ मंसिर १ | मध्यान्ह ०७:०८ बजे

 बाजुरा, मंसिर १ । बाजुराका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीका अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरिएको हो ।

‎पौडेलको स्थानमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाइएको पराजुलीले जानकारी दिए । बाजुरामा उपसचिव प्रमुख जिल्ला अधिकारी हुने ब्यबस्था छ ।

‎बाजुरा आएको दुइ महिना १५ दिनमै सरुवा भएका पौडेललाई पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

‎यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका उपसचिव पवन कोइरालालाई मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको पराजुलीले जानकारी दिए ।

कमेन्टहरु