समाचार

स्वदेशमै उद्यमी बनाउन उद्यमशिलता सम्बन्धी एक महिने प्रशिक्षण हुँदै

रिदेन महर्जन
२०८२ मंसिर १ | मध्यान्ह ०६:०८ बजे

कीर्तिपुर । कीर्तिपुर क्षेत्रमा पहिलो पटक मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलता सहयोग कार्यक्रम (इन्टरप्रेनरसिप सर्पाेट प्रोगाम) शुरु हुने भएको छ । यही आउँदो मंसिर ६ गते शनिबारदेखि क्याम्पस भवनमा ३० जना विद्यार्थीहरुलाई एकमहिने प्रशिक्षण दिइने भएको छ ।

विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीहरु विदेश पलायन हुनबाट रोकी स्वदेशमै उद्यमी बनाउने उद्देश्यले यस उद्यमशिलता सहयोग कार्यक्रममा कसरी उद्यमी बन्ने, सञ्चालन गर्ने, भावी योजना निर्माण, कानुनी प्रक्रिया, बजार रणनीति, वित्तीय व्यवस्थापन आदिबारे विभिन्न व्यवसाय र व्यवस्थापनविद् तथा उद्यमीहरुले प्रशिक्षण दिनेछन् ।

सो कार्यक्रममा कीर्तिपुर उद्योग तथा वाणिज्य संघ, नेपाल उद्योग तथा वाणिज्य महासंघ, कीर्तिपुर बहुउद्देश्यीय सहकारी लिमिटेड, महिला सशक्तिकरण केन्द्र लगायत अन्य उद्यमीहरुबाट सहयोग रहने उद्यमशिलता सहयोग कार्यक्रममा मङ्गल बहुमुखी क्याम्पसमा हाल अध्ययनरत विद्यार्थी, सन् २०१९ सम्ममा उत्तीर्ण भएका पूर्व विद्यार्थी तथा युवा शिक्षकहरु सहभागीता जनाइने छ ।

उद्यमी बन्ने विद्यार्थीहरुलाई डा.जितेन्द्र डंगोल, डा. सुनिल चित्रकार, डा.राजुभाई मानन्धर, सञ्जय घिमिरे, विनेश श्रेष्ठले प्रशिक्षण दिनुहुने यस कार्यक्रम संयोजक भावना महर्जनले जानकारी गराउनु भयो । एक महिने प्रशिक्षणबाट उत्पादित उद्यमीहरुका एकल वा संयुक्त उद्यमी प्रस्तावलाई विश्वविद्यालय अनुदान आयोगले करिब आधा करोडसम्म अनुदान दिने क्याम्पस प्रमुख प्रदिपकुमार महर्जनले जानकारी दिनुभयो ।

WhatsApp Image 2025 11 17 at 18.40.04 e935fc5f

कमेन्टहरु