भीषण दुर्घटनाः डीजल ट्यांकरसँग बस ठोक्किदा ४२ भारतीयको मृत्यु

एजेन्सी
२०८२ मंसिर १ | मध्यान्ह ०१:०८ बजे

भारत, मंसिर १। साउदी अरबको मदीना नजिक एक भीषण सडक दुर्घटना भएको छ। यस दुर्घटनामा कम्तीमा ४२ भारतीयको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटनामा परेका सबै व्यक्ति भारतबाट उमराहका लागि साउदी अरब पुगेका थिए। सोमबार राति उमराह समाप्त गरेर मक्का बाट मदीना जाँदै गरेका तीर्थयात्रीहरू सवार बस एक डीजल ट्यांकरसँग ठोक्किएको थियो।
टक्कर यति भयावह थियो कि बस चकनाचुर भयो र आगो समेत लाग्यो। साउदी अरबस्थित भारतीय महावाणिज्य दूतावासले एक हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ—टोल फ्री नम्बरः ८००२४४०००३। दूतावासले २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रूम पनि सञ्चालनमा ल्याएको छ।


















