देश

सरकारले जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

जगत ठाडा मगर
२०७८ साउन २१ | बिहान ०९:०४ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देउवा सरकारले आफूलाई जबर्जस्ती हटाउन खोजेमा अदालत जाने चेतावनी दिएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन निर्देशन दिएको भोलिपल्टै बुधबार पत्रकार सम्मेलन गरी शाक्यले यस्तो चेतावनी दिएका हुन्। मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्।

कार्यकारी निर्देशक शाक्यले बरु सरकारले दण्डित नगरेर आवश्यकताको आधारमा उचित स्थानमा सरुवा गरे जान तयार रहेको पनि बताए । ‘सरकारले वैकल्पिक बाटो दिएको खण्डमा शिरोधार्य गर्न तयार छु,’ उनले भने, ‘विगतमा मैले कागतीलाई लेमनेट बनाएको छु।

यदि राम्रो अवसर दिएको खण्डमा जुनसुकै ठाउँमा पनि गरेर देखाउन सक्छु्।’ शाक्यले आफूलाई कसैले पनि राजीनामा दिन नभनेको दाबी गरेका छन्। पत्रकार सम्मेलनमा शाक्यले दण्डित गरेर जबर्जस्ती हटाएको खण्डमा न्यायिक उपचार खोज्ने बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कमेन्टहरु