विचारहरु विचलन र पार्टीहरु विघटन भएको बेला मंच र क्लबहरु खडा हुन्छन् : मुक्ति गैरे


बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय अध्यक्ष तथा युवा नेता मुक्ति गैरेले आज बुटवलमा विद्यार्थी अभियानलाई सम्बाेधन गर्ने क्रममा भने “विचारहरुबाट विचलन भए पछि पार्टीहरु विघटन हुन्छन् जति बेला पार्टीहरु विघटन हुन पुग्दछन् त्यतिबेला मंच र क्लबहरु पनि खडा हुन्छन् भन्दै समकालीन राजनीतिक माथि व्यङ्ग्य प्रहार गरेका छन् ।
उनलेे भने “यतिबेला नेपाली राजनीतिकाे विचारमा खडेरी देखा परेको छ । मानिसहरू याे पनि सहि त्यो पनि राम्रो भन्दै बतुराएका छन् । आफ्नाे स्पष्ट अडान छैन् हुदाँहुदाँ पढेलेखेका विश्वविद्यालय देखि विद्यालय सम्मका प्राध्यापक र प्राेपेसरहरु समेत भ्रममा परेका छन् । उनिहरुकाे कन्तबिजाेगले गर्दा उनिहरुकै आफ्नै राजनीतिक एवम् माैलिक अधिकार समेत गुम्ने खतरा बढेको छ । जसको परिणाम त आज नेपाली कम्युनिस्ट पार्टीहरु विघटन भएर १०० टुक्रा भएका छन् भने अन्य पार्टीहरु पनि विघटन भएर सयौं टुक्रामा विभक्त छन् ।
यसले गर्दा अहिले नेपाली राजनीतिक रङ्गमंचमा विचारका नाममा पार्टी संगठनका मंचहरु र क्लबहरु खडा भईरहेका छन् । यस्तो बेला हाम्राे स्पष्ट विचार छ त्यो विचारले नेतृत्व गर्नुपर्छ हाम्रो राजनीतिक एवम् प्राज्ञिक अधिकारकाे निमित्त एकताबद्ध भएर लड्नु पर्छ । हाम्रो राजनीतिक एवम् प्राज्ञिक अधिकारका निमित्त संविधानले प्रत्याभूति गरेको अखिल(क्रान्तिकारी)ले लडेर लिएको संवैधानिक अधिकारकाे रक्षार्थ जस्तोसुकै बलिदान गर्न समेत पछि हट्नु हुदैन् याे हाम्रो विरासत हाे ।”























