राष्ट्रघातिहरुलाई कारबाही गर्छाैं, कर उठाउछाैं र जनताकै सेवा गर्छाै : मुक्ति गैरे


बुटवल । युवा नेता मुक्ति गैरेले राष्ट्रघाति र देशद्राेहीहरुलाई कारबाही गर्ने बताएका छन् । आज नवलपरासीको सुनवलमा एक अन्तरसंवादमा साेधिएकाे प्रश्नमा उनले “देश बेच्ने, जनता चुस्ने र अन्याय गर्ने दलालहरुलाई अब कारबाहीको निशाना बनाउदै लग्ने” बताएका छन् ।
“तपाईंहरु अझै पनि चन्दा र सहयोग भन्नू हुन्छ किन ?” भन्दा उनलेे भने “याे नवऔंपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था हाे याे गणतन्त्र हाेईन् । हामी सच्चा गणतन्त्रको स्थापनाका निमित्त समाजवादी व्यवस्था निर्माणकाे अभियानमा छाैं । याे व्यवस्था भित्र सेना, सत्ता र अदालत हुन्छ याे राजनीतिक नियम हाे । त्यसैले हाम्रो समाजवादी व्यवस्था निर्माणकाे अभियानमा पनि सेना, सत्ता र अदालत हुन्छ ।
हामी जनताका दुश्मनहरु भ्रष्टाचारि, बलत्कारि, राष्ट्रघाति र जनघातिहरुलाई कारबाही गर्छौं, कर लगाउछाैं र जनताकै सेवा गर्छौं । अहिले नेपालमा नेपाली अनुहारका विदेशी दलालहरुले शिक्षा, साँस्कृतिक र उत्पादन माथि हमला गरेको छ यसको प्रतिरोध गर्छौं । आम राष्ट्रप्रेमि, देशभक्त, क्रान्तिकारी, कम्युनिस्ट, माओवादी, समाजवादी र साम्यवादीहरुलाई प्रतिरोधमा उत्रन समेत अपिल गर्दछौं ।
देश गहिरो राष्ट्रिय संकटमा परेको छ विदेशीहरुले फेरि पनि बुट बर्जान खाेजेका छन् । क्षेत्रीय असन्तुलन बढ्दा देश र जनताका विरुद्धमा अपराध र आँतक बढेको छ । त्यसैले सच्चा देशप्रेमि अब राष्ट्रिय स्वाधीनता र मुक्तिकाे अभियानमा लाग्नुपर्छ। “























