वीरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

रासस
२०८२ कार्तिक २८ | मध्यान्ह ०३:०७ बजे

दशरथचन्द (बैतडी), कात्तिक २८ । पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी रविराज जोशीले जानकारी दिनुभयो । हत्यामा संलग्न पाटन–६ की भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो ।
विसं २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्पपक्षका लागि कारागार चलान गरिएको थियो ।


















