सेभन-ए-साईड खुला फुटसल प्रतियोगितामा पाँडी राइजिङ स्टार फुटबल कलब खेल खेल्दै


बाजुरा, कार्तिक २८ । सेभन-ए-साइड खुला फुटसल प्रतियोगितामा पाँडी राइजिङ स्टार फुटबल कलब खेल खेल्दै गरेको छन । बाजुरा युथ कनेक्टको आयोजनामा काठमाडौँमा जिल्ला स्तरीय सेभन-ए-साइड खुला फुटसल प्रतियोगिता आज सञ्चालन भएको छ । काठमाडौँको कीर्तिपुरस्थित मच्छेनारायण फुटसलमा उक्त प्रतियोगिता आजबाट सुरु गरिएको पाँडी राइजिङ स्टार फुटबल कलबका टिम व्यवस्थापन सागर टमटाले जानकारी दिएका छन् ।
“खेलकुद मार्फत एकता र नेतृत्वको विकास, बाजुरा युथ कनेक्ट बाजुराको पहल” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता पहिलोपटक हाम्रो दुर्गम गाउँ जन्मेका भाइहरु खेल खेल्न लागेका छन । यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पुर्ण पाँडीका युवाहरू प्रति धन्यवाद दिएका छन ।
अहिले पहिलोपटक फुटबल खेलिरहेका छन । आज साझ सम्म ३ खेलमा खेल्न पाउने भएको बताएका छन । फुटबल आयोजना मुख्य उद्देश्य युवाबीच एकता, सञ्जाल विस्तार र नेतृत्व विकासमा सहयोग पुर्याउने रहेको संयोजक रोकायाले बताएका छन् । उनका अनुसार, राष्ट्रिय नारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” लाई आत्मसात गर्दै प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु.४१,१११ नगद, मेडल र प्रमाणपत्र ट्रफी प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले रु. १८,१११ नगद, मेडल र प्रमाणपत्र व्यवस्था गरिएको छ । साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकलाई पनि विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।























