खेलकुद

एनपीएल सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

नवलपुर टुडे
२०८२ कार्तिक २८ | बिहान ०९:०७ बजे

काठमाण्डाै । नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आउँदो मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरेको हो ।

उद्घाटन तथा शनिवारको खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ । अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ ।

साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ । टिकट बिक्री खल्ती र आईएमई एपमार्फत हुने क्यानले निकालेको विज्ञप्तिमा भनिएको छ ।

WhatsApp Image 2025 11 14 at 09.45.27 0e4e5ae3

कमेन्टहरु