शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

गौमुल गाउँपालिकाद्वारा निःशुल्क शिक्षक तथा लोक सेवा तयारी कक्षा सञ्चालनमा

उमेश रोकाया
२०८२ कार्तिक २८ | बिहान ०६:०७ बजे

बाजुरा, कार्तिक २८। बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले निःशुल्क शिक्षक सेवा तथा लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेश रहने वातावरण बनाउँने उद्देश्यसहित तयारी कक्षा सुरु गरिएको हो ।

‎गौमुल गाउँपालिकाको आर्थिक सहयोग तथा स्ववियु बाजुरा क्याम्पसको समन्वयमा तायरी कक्षा सञ्चालन गरिएको बाजुरा क्याम्पस स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । बडीमालिका शैक्षिक केन्द्र मार्तडीमा सञ्चालन गरिएको छ । तयारी कक्षाको लागि विद्यार्थीहरुको उत्साहजन सहभागिता रहेको छ ।

निःशुल्क तयारी कक्षामा बाजुरा क्याम्पसमा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका गौमुलबासी विद्यार्थीहरूको सहभागिता रहेको छ । कक्षा उद्घाटनमा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले शिक्षाको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भन्दै लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोे बताएका छन् । पढेलेखेका युवाहरु बेरोजगार हुँदा, पढेर मात्र के गर्ने भन्ने पछिल्लो बुझाई युवामा आउन थालेकोले सरकारी सेवामा प्रवेश लागि सहयोगि बन्न निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको जनाएको छ ।

कमेन्टहरु