राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड अनुगमन

रासस
२०८२ कार्तिक २७ | मध्यान्ह ०५:०७ बजे

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नती गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।
डिभिजन प्रमुख यादवले भने– ‘अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउँछ, यसका दातृ निकाय सकरात्मक छन् ।’ उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए ।
‘यसअघि पनि दुर्घटना न्युनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतीको काम गरिरहेको थियो’ यादवले भने– ‘हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नती भयो ।’
त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नती गर्न बाँकी रहेको बताए ।
‘भविष्यको योजनाको तयारी छ । त्यसका लागि अनुगमनका क्रममा छौँ’ उनले भने– ‘यो बाँकी सडक एडीबी र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नती गर्ने योजना छ । दुवैको सल्लाह र सहमती अनुसार डिजाइन तथा अध्ययन गर्छौ ।’ उनले तत्काल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अढाइने जानकारी दिए ।


















