प्रबास

अस्पतालबाट डिस्चार्ज भए गोविन्दा

एजेन्सी
२०८२ कार्तिक २६ | मध्यान्ह ०५:०७ बजे

नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज भएका छन् । गए राति स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई बिहान १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो । बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले मिडियासँग कुरा गरेका छन् । ‘के भएको थियो’ भनेर पत्रकारहरूले सोधेको प्रश्नमा उनले थकानलाई कारण बताएका थिए । गोविन्दाले भने– ‘बढी परिश्रमले थकान भएको थियो ।

योग र प्राणायाम राम्रो छ, भारी व्यायाम अलि गाह्रो छ । म कोसिस गरिरहेको छु कि पर्सनालिटी अरू राम्रो होस् । मलाई लाग्छ कि योग र प्राणायाम गर्नुहोस्, त्यही राम्रो छ ।’ अचानक बेहोस् भएपछि अभिनेतालाई अस्पताल लगिएको खबर आएका थिए । गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति आठ बजेतिर उनी आफ्नै घरमा  बेहोस भएका थिए । 

सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइएको भए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे उनलाई अस्पताल लगिएको थियो ।
 

कमेन्टहरु