सगरमाथादेखि अन्टार्टिकासम्म साइकल यात्रामा निस्केका निरञ्जन कतारमा


दोहा । नेपालको सगरमाथादेखि अन्टार्टिकासम्मको विश्व साइकल यात्रामा निस्केका सहासी युवा निरञ्जन अर्याल कतारमा आईपुगेका छन। जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर नेपालको सगरमाथाको चुचुरोदेखि अन्टार्टिकासम्मको एकल साइकल यात्रामा निस्केका उनी अहिले कतार आईपुगेका हुन।
अर्यालले सोलुखुम्बु जिल्लाबाट विश्व यात्रा सुरु गरेका ऊनी अहिलेसम्म थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरेबिया हुँदै १३ महिनामा कतार आईपुगेका छन। उनी १० देशहरूमा साइकल यात्रा गरिसकेका छन । कतार भ्रमणपछि आगामी महिनामा ओमन हुँदै अफ्रिकी मुलुक तर्फको यात्रा जारी रहने अर्यालले बताए ।
विश्वका सबै जसो देशहरूमा साईकल यात्रामा भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन र वातावरणीय चुनौतीप्रति सचेत बनाउने र आफ्नो राष्ट्रलाई विश्वमाझ चिनाउने आफ्नो उद्देश्य रहेको बताउँछन् ।लामो दुरीको यात्रामा फरक-फरक देशका फरक नियम कानुन,सडक र यातयातहरु सँगै आर्थिक चुनौती मुख्य समस्या रहेको उनले थपे । यात्रामा विभिन्न बाधा अप्ठ्याराहरूलाई सामना गर्दै आफ्नो सपना पूरा गर्ने यात्रीको लक्ष्य रहेको छ ।
उनले मेकानिकल ब्रेकडाउन लगायत विभिन्न चुनौतीहरूका कारण तीन पटक आफ्नो साइकल बदलिसकेका छन्। उनी दिनमा लगभग १४० किलोमिटर यात्रा गर्छन।उक्त भ्रमण आठ देखि दश वर्ष लाग्ने अपेक्षा गरिएको छ, जसमा अर्यालले बढीमा २०३४ सम्ममा पूरा गर्ने लक्ष्य राखेका छन।























