राजनीति

सुनसरी जिल्लाको इनरुवामा सांसद पूनःस्थापनाको माग गर्दै मोटरसाईकल र्‍याली

देवराजा यादव
२०८२ कार्तिक २५ | मध्यान्ह ०४:०७ बजे

सुनसरी । सुनसरी जिल्लाको इनरुवा नगरपालिकामा सांसद पूनःस्थापनाको माग गर्दै मोटरसाईकल र्‍याली प्रदर्शन गरिएको छ । नेपाल खेलकुद महासंघका विपल्प घोषको संयोजकत्वमा सांसद पुन:स्थापना गर्नुपर्ने माग गर्दै मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो।

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा नेकपा एमाले, नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा मंगलबार मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो । मोटरसाइकल र्‍याली प्रदर्शनपछिको कोण सभामा एमालेका नेता भगवती चौधरी, नेपाल खेलकुद महासंघका विपल्प घोष र राष्ट्रिय युवा संघ नेपालका नेताहरु रमेश यादव र देवानन्द मेहतासहितको दर्जनौंको सहभागीता रहेको थियो ।

WhatsApp Image 2025 11 11 at 16.14.45 17aa88f9

नेकपा एमालेले सांसद पुन:स्थापनाको माग गर्दै देशव्यापी भेला र प्रदर्शन गर्ने निर्देशन अनुसार एमाले कार्यकर्ताहरुले मोटरसाईल र्‍याली प्रदर्शन गरिएको जनाएको छ । नेकपा एमालेले सांसद पुन: स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीलाई निर्देशन दिएको थियो । सोही अनुसार सुनसरीमा प्रदर्शन र कोण सभा आयोजना गरेको नेकपा एमालेका सुनसरीका अध्यक्ष पर्शुराम यादवले जानकारी दिनुभयो ।

मोटरसाईल र्‍याली प्रदर्शनमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानविन गर्नुपर्ने, तोडफोड र आगजनी, लुटपाट गर्नेलाई कार्वाही गर्नुपर्ने नाराबाजी गरेका थिए । उनीहरु २७ भदौमा विघटन भएका प्रतिनिधि सभा पूनःस्थापना गर्नुपर्ने, सांसद विघटन असंवैधानिक भएकोले प्रतिनिधि सभा पुन: स्थापना गर्नुपर्ने माग गरेका छन्।

कमेन्टहरु