मोटरसाइकल चोरी गरेको अभियोगमा पोखराबाट दुईजना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २० | मध्यान्ह १२:०४ बजे

कास्की । कास्कीमा मोटरसाईकल चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्गमा बस्दै आएका धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् ।
उनीहरुले पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान श्रेष्ठको ग.४ प ४६४२ नम्बरको मोटरसाइकल पार्किङ स्थलबाट नै चोरी गरेको प्रहरीको दाबी छ ।
उनीहरुमाथि अहिले चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।






















