आठौ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सुरु हुने


शंकरपुर । तिलोत्तमा उद्योग व्यापार सङ्गठनको आयोजनामा यहि मङ्सिर १५ गतेदेखि तिलोत्तमाको मणिग्राममा आठौ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सुरु हुने भएको छ। तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा ब्यापार संघ सहआयोजक रहेको महोत्सव मङ्सिर २९ गतेसम्म चल्ने भनिएपनि थप २ दिन मेला थपिने आयोजकले बताएको छ। मेलामा तीन सय पचास स्टल रहने छन्छ भने हालसम्म १ सय ५० स्टल बुक भैसकेको छ।
आइतबार आयोजित आठौ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ पत्रकार सम्मेलन समारोहमा सङ्गठनका अध्यक्ष प्रेम घर्ति मगर (प्रेम जिएम) ले तिलोत्तमामा हुने मेलाले यस क्षेत्रको व्यापार, उद्योग, ब्यबसाय, पर्यटन तथा संस्कृति र पहिचान एबम मौलिकता प्रदान गर्ने बताउनुभयो। सधैको भन्दा केहि फरक गर्न खोजिरहेको र त्यस योजनामा अघि बढेको भन्दै जिएमले उद्यमी व्यवसायीले बैङ्क ब्याजदर र अन्य समस्याका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन रहेको यस परिस्थितिमा मेलाले सम्बधित सबैलाई उत्साह थप्ने समेत बताउनुभयो ।
मेलाले स्थानिय तथा राष्ट्रिय उत्पादनलाई बिस्तार गर्ने र यस क्षेत्रका पर्यटकीय स्थानको समेत चिनारी गराउने आयोजकको तर्फबाट सचिव हेमलाल न्यौपानेले बताउनुभयो।मेलामा उद्घोषक तालिम,युवा जेनेरेसन आवश्यक बिशेष कार्यक्रम , ३६० झुला, पिङ्ग लगायतका रमाइलो खेल,चर्के पिङ्ग, ब्रेक डान्स, डुंगा, बाल उद्यान, ख्याति प्राप्त रास्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति सहित सास्कृतिक कार्यक्रम प्रदर्शन हुनेछ। मेलामा विद्यार्थीलाई ५० प्रतिशत, बृद्धबृद्धाहरुलाई छुट दिईने र २ लाख दर्शक भित्र्याउने आयोजकको दावी छ।























