स्वास्थ्य

स्वास्थ्य शिविरको अघिल्लो दिन कोल्टीमा ४ सय २९ जनाले सेवा लिए

उमेश रोकाया
२०८२ कार्तिक २४ | बिहान ०६:०७ बजे

बाजुरा । बाजुरा जिल्ला पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका – २ कोल्टी आधारभूत अस्पतालमा स्वास्थ्य शिविर सञ्चालन नभएको अघिल्लो दिनमा ४ सय २९ जनाले सेवा लिएका छन । स्वास्थ्य शिविर सञ्चालन हुने खबर पाए साथ बाजुरा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ र बुढिनन्दा नगरपालिका सहित कालिकोट , हुम्ला र मुगु जिल्लाका मान्छेहरूको बाक्लो उपस्तिथि हुँदा स्वास्थ्य शिविर सञ्चालन नभएको अघिल्लो दिनमै स्वास्थ्य चेकजाँच देखि उपचार गरिएको केशर कुमार बोहराले बताउनुभयो ।

‎एक एक पाइला नेपालको सहयोग तथा बुढिनन्दा नगरपालिकाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन कार्तिक २४ गतेबाट औपचारिक रूपमा सेवा संचालन हुने भएको छ । पहिलो दिन व्यवस्थापनको क्रममै पहिलो दिनमा ४ सय २९ जना बिरामीहरुको चेकजाँच भएको छ ।

‎नि:शुल्क स्वास्थ्य शिविरमा सञ्चालनमा आँखा रोग सेवा ( मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया ), जेनेरल मेडिसिन, छाला रोग सेवा , नाक, कान, घाटी रोग सेवा, स्त्री तथा प्रसुती रोग सेवा, दाँत रोग सेवा, सामान्य शल्यक्रिया सेवा , कलेजो रोग सेवा, हाड तथा जोर्नी रोग सेवा, बाल रोग सेवा प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, इन्डोस्कोपी सेवा र फार्मेसी सेवा शिविरमा सेवाहरु प्रदान गरिने भएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ । कोल्टीमा स्वास्थ्य शिविर संचालन कार्तिक २४ गतेदेखि २६ गतेको दिनसम्म सञ्चालन हुनेभएको छ ।

कमेन्टहरु