राजनीति

धनगढीमा आम जनता पार्टीप्रति युवाहरूको आकर्षण बढ्दो

नवलपुर टुडे
२०८२ कार्तिक २३ | मध्यान्ह ०३:०७ बजे

धनगढी, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हालका दिनमा आम जनता पार्टीप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। पार्टीप्रति बढ्दो जनसमर्थनका बीच आम जनता पार्टीका सचिवालय सदस्य श्रीभगवान पटेलले शनिबार धनगढीमा स्थानीय युवासँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नु भयो।

कार्यक्रमका क्रममा सचिवालय सदस्य पटेलले पार्टीको मूल नीति, उद्देश्य र संगठन विस्तारका विषयमा विस्तृत जानकारी गराउँदै युवाहरूलाई सक्रिय राजनीतिक भूमिकामा आउन आग्रह गर्नुभयो। उहाँले देश परिवर्तनमा युवा पुस्ताको भूमिका निर्णायक हुने बताउँदै आम जनता पार्टीले युवाको आवाजलाई नीति निर्माणको केन्द्रमा राख्ने स्पष्ट प्रतिवद्धता जनाउनुभयो। भेटघाट कार्यक्रममा धनगढीका विभिन्न स्थानका युवाहरूको उल्लेख्य सहभागिता रहेको र धेरैले पार्टीमा सक्रिय रुपमा आबद्ध हुने इच्छा व्यक्त गरेको जनाइएको छ।

कमेन्टहरु