देश

देउवा सरकारले शुक्रबारसम्म मन्त्रीमण्डल पूर्णता पाउने

जगत ठाडा मगर
२०७८ साउन २० | बिहान ०७:०४ बजे

काठमाडौ । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुन सक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए ।

कमेन्टहरु