देश

पाँच नम्वर प्रदेश सभामा नेपाली कांग्रेसका संसदहरुले संसदमा ताेडफाेड

नवलपुर टुडे
२०७७ अशोज १९ | मध्यान्ह ०५:०६ बजे

बुटवल । पाँच नम्वर प्रदेश सभामा नेपाली कांग्रेसका संसदहरुले संसदमा ताेडफाेड गरेका छन् ।

प्रदेशको नाम र राजधानी बुटवलबाट सार्ने प्रस्ताव गरिएपछि बिराेधमा उत्रेका कांग्रेस संसदहरुले सदन अवराेध गर्ने प्रयत्न गरेकोमा सभामुख पुर्ण बहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई समय उपलब्ध गराएपछि कांग्रेस सांसदहरूताेडफाेडमा उत्रेका हुन ।

कांग्रेस सांसद अस्टभुजा पाठक, बैजनाथ कलवार, वसिउद्दिन खा लगायतका सांसदहरूले सभाभित्र रहेका कुर्सीहरु उचालेर टेवलमाथी बजारेका हुन । कांग्रेस सांसदहरुले बिराेधमा नारावाजी गरि रहेका छन् ।

कमेन्टहरु