विवाह बन्धनमा बाँधिदै रश्मिका र विजय

एजेन्सी
२०८२ कार्तिक २२ | मध्यान्ह ०४:०७ बजे

मुम्बई । अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा यतिबेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनीहरूले इन्गेजमेन्ट गरिसकेको र आगामी वर्ष विवाह गर्ने हल्ला चलिरहेका बेला, उनीहरूको विवाह भारतको उदयपुरमा हुने खबर सार्वजनिक भएको छ।
हालै एम९ न्यूजले रश्मिका र विजयले परिवार तथा नजिकका साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरिसकेको दाबी गरेको थियो। इन्गेजमेन्टपछि दुवै जना आ–आफ्नो औँठी देखाउँदै गरेका भिडिओहरू पनि सार्वजनिक भएका छन्।
विजय र रश्मिकाले अहिलेसम्म आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्। रश्मिकाले सन् २०१६ मा कन्नड फिल्म ‘किरिक पार्टी’ बाट अभिनय करियर सुरु गरेकी थिइन् र सन् २०१८ को तेलुगु फिल्म ‘गीता गोविन्दम’ बाट ठूलो पहिचान पाएकी थिइन्।


















