राजसँगका रोमान्टिक तस्बिर साझा गर्दै सामन्था : यो त सुरुवात मात्र हो


बलिउड अभिनेत्री सामन्था रुथ प्रभुले लामो समयदेखि द फेमिली म्यानका निर्देशक राज निदिमोरुलाई डेट गरिरहेको हल्ला छ। उनीहरूले सम्बन्धको पुष्टि वा अस्वीकार गरेका छैनन्। तर प्राय: सँगै देखिन्छन्। अहिले सामन्थाको सामाजिक सञ्जाल पोस्टले प्रेमको अनुमानलाई थप बढावा दिएको छ।
पछिल्लो इन्स्टाग्राममा उनले नयाँ परफ्यूम ब्रान्डका तस्बिर साझा गरिन्। तर राजसँगको तस्बिरले ध्यान खिच्यो। सामन्था बोल्ड लेस ब्रालेट र हाई–वेस्ट पाइन्टमा थिइन्, राज नेभी नीलो ज्याकेट र कालो टी–शर्टमा थिए। सामन्था नजिक उभिएकी छिन्, राजले कम्मर समातेका छन्। अन्य तस्बिरमा साथीहरूसँग पोज दिँदै गरेको देख्न सकिन्छ। राज पछाडि छन्, एक तस्बिरमा अर्की अभिनेत्री तमन्ना भाटिया पनि देखिइन्।
उनले क्याप्सन लेखेकी छन्, ‘साथीभाइ र परिवारले घेरिएको। गत डेढ वर्षमा, मैले मेरो करियरमा केही साहसी कदम चालेको छु। जोखिम लिँदै मेरो अन्तर्ज्ञानमा भरोसा गर्दै, सिक्दै जाँदै। आज म साना जितहरू मनाउँदै छु। मैले भेटेका केही प्रतिभाशाली, कडा परिश्रम गर्ने र सबैभन्दा प्रामाणिक व्यक्तिहरूसँग काम गर्न पाउँदा म धेरै आभारी छु। धेरै विश्वासका साथ मलाई थाहा छ यो त सुरुवात मात्र हो।’
यसबारे हल्ला फेब्रुअरीमा तब सुरु भयो जब सामन्थाले इन्स्टाग्राममा वर्ल्ड पिकलबल लिगका तस्बिर साझा गरिन्। उनी चेन्नई सुपर च्याम्प्सकी मालिक पनि हुन्। सामन्था एउटा तस्बिरमा राजसँग हात समातेको अवस्थामा समेत देखिइन्।
उनले पहिलो प्रोडक्सन ‘सुभम’ प्रमोशनमा पनि तस्बिर साझा गरेकी थिइन्। एउटामा राजसँग सेल्फी, अर्कोमा राजको एकल तस्बिर छ। सामन्थाको यसअघि अभिनेता नागा चैतन्यसँग विवाह भएको थियो। उनीहरुले सन् २०२१ मा सम्बन्ध विच्छेद गरेका थिए। नागा चैतन्यले गत डिसेम्बरमा अभिनेत्री शोभिता धुलिपालासँग विवाह भएको थियो।























