देश

कपिलवस्तुकाे बघुवा समयमाई मन्दिर पर्यटकीय स्थलकाे रुपमा विकास हुदै (फाेटाे सहित)

जगत ठाडा मगर
२०७८ साउन २० | बिहान ०७:०४ बजे

कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा न ११ बघुवा गाउँमा रहेको पुरानो एतिकहासिक समय माताको मन्दिर पर्यटकीय स्थलको रुपमा बिकास हुन थालेको छ ।पहिला पहिला घनघोर जङ्गलको बिचमा निमको रुखमा माता जि स्थान रहेको थियो । स्थानियहरुको पहल तथा सहयोगमा मन्दिर निर्माण भएको हो ।

mandir1

महाराजगन्ज नगरपालिका वडा न ११ बघुवा गाउँको उत्तर तर्फ जङ्गलको बिचमा समय माता मन्दिर रहेको छ । मन्दिरको किनारमा नदि रहेकोले झन रमणीय देखिएको छ । उक्त मन्दिरमा पुग्न बाटो घाटोको रहेको थियो बघुवा समयमाता मन्दिरमा भण्डाराहरु हुने गरेको छ । समयमाता मन्दिरमा मागेको माग्न पूरा हुने आस्था कायमै रहेकोले भारतबाट समेत दर्शन तथा पुजाको लागि भक्तजनहरु आउने गरेको स्थानीयहरुको भनाई रहेको छ ।

photo 2021 08 04 08 06 19 photo 2021 08 04 08 06 21 photo 2021 08 04 08 06 23 photo 2021 08 04 08 06 25 photo 2021 08 04 08 06 28 photo 2021 08 04 08 06 31

पर्यटकीय स्थलको सम्भावना रहेको उक्त मन्दिरमा भने महाराजगन्ज नगरपालिका कार्यलयले विभिन्न योजना बिनियोजन गरि बिकासको कामलाई तिब्रता दिएको महाराजगन्ज नगरपालिका वडा न ११ को समाजसेवी जगन्नाथ पुरीले बताउनु भयो । महाराजगन्ज नगरपालिकाले महाराजगन्ज डुमरा सडकको गोल्हिपुर देखि तकदिरपुर हुँदै मन्दिर सम्मा जाने सडक स्तरोन्नतिको काम सम्पन्न भएको समाजसेबी पुरिको भनाई रहेको छ ।

पुजा, भन्डारा गर्ने श्रद्धालुहरुलाई हुने कठिनलाई मध्य नजर गरि महाराजगन्ज नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को नगर स्तरिया योजनामा बजेट बिनियोजन गरि धर्मशाला निर्माणको कार्य सम्पन्न गरेको महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । बघुवा समयमाता मन्दिरलाई पर्यटकिय स्थालको रुपमा स्थापित गर्न लागि परेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । नगरपालिकाले उक्त कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक योजना बिनियोजन गरि पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने नगर प्रमुख कलामले जानकारी दिनु भयो ।

मन्दिरको बिकास संगै बाटो घाटोको समेत बिकास भएकोले स्थानीय खुसी भएका छन ।

कमेन्टहरु