प्रधानमन्त्री देउवा र निधिबीच बालुवाटारमा वार्ता, पौडेलसँग असन्तुष्टि


काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् ।
काँग्रेसला १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको थियो । देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले आफ्नो संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसम्मतिबाट पारित गरिसकेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद निकालेको बताएका छन् ।
पौडेल पक्षको आग्रहमा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहित जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्ति गरेका छन् । सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
समायोजनको बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्ने प्रधानमन्त्री देउवा संगको बार्तामा बताएका थिए ।






















