कपिलवस्तुकाे विजयनगरमा सुनौलो हजार दिनका महिलालाई पोषण किट वितरण कार्यको शुभारम्भा


कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिकाले आज मंगलबार मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका महिलाहरुलाई पोषण किट वितरण कार्य सुभारम्भ गरेको छ ।
विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुगौली र पत्थरदैइया स्वस्थ्य चौकीबाट आज देखि सो कार्य थालनी गर्नु भएको हो । पोषण किट हस्तान्तरण गर्दै आमा र बच्चा स्वस्थ रहने साथै प्रत्यक्ष स्वस्थ्य कर्मीको निगरानी भएकाले उच्च जोखिमबाट बच्न सक्ने भएकोले ढुक्क भएर प्रसुती गृहमा सुत्केरी गराउन थापाले आग्रह गर्नु भएको छ ।
स्वस्थ्य चौकीमा पुगी चार पटक गर्भ जाँच ४,६,८ र ९ महिना नियमित रुपमा जाँच गराई प्रसुती गृहमा सुत्केरी गरेबापत नेपाल सरकारबाट पाउने सुबिधा सहित अतिरिक्त पोसिलो खानेकुरामा प्रोटिन पाउडर, चमनप्रास, मह, घीउ, लगायत आठ किसिमका पोषण किट वितरण कार्य प्रयोगमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
यसरी यस कार्यलाई विजयनगरवासी मात्र नभइ अन्य पालिकाका महिलाहरुले समेत सो सुविधा लिन सकिने अधिकारीले बताउनु भयो । यस कार्यबाट नियमित रुपमा आमा र बच्चाको जीवनस्तर उठाउने होम डेलेभरी गराउने साथै प्रसुती गृहमा सुत्केरी गराउदा हरेक जोखिमबाट सहजता पाउने लक्ष्य रहेको बताइएको छ ।






















