देश

पर्यटकीय सम्भावना बाेकेकाे विजयनगरकाे शंकरपुर ताल

जगत ठाडा मगर
२०७८ साउन १९ | मध्यान्ह ०९:०४ बजे

धनी राम काेरी
कपिलवस्तु : कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल पर्यटकीय सम्भावना बाेके के छ । जिल्ला भित्र धार्मिक एवम् पर्यटकीय स्थलहररु धेरै रहेकाे पाइन्छ ।

केही धार्मिक एवम् पर्यटकीय स्थलहरु चर्चामा रहेको छ भने कतिपय पर्यटकीय स्थलहरु प्रचारप्रसार नभएको कारणले गर्दा चर्चामा अाउन सकेको छैन ।

विजयनगर गाउँपालिका वडा नं-४ शंकरपुरमा स्थित ताल लगभग ४२ हेक्टरमा फैलिएको त्यहाँका वडा अध्यक्ष तिलक राम कडेलले जानकारी दिनु भयो । तालकाे विकास र संरक्षण गर्नकाे लागि अा-अाफ्नाे ठाउँबाट सबैले पहल गर्दा त्यसकाे विकास मात्र सम्भव रहेको कडेलको भनाइ छ ।

तालमा बिशेष गरि गर्मीकाे माैसममा यहाँकाे अवलोकन गर्न निकै अान्नद हुने र गर्मीकाे माैसममा चिसाे हावा सँगै रमणीय दृश्यहरूकाे अवलोकन गर्न निकै अान्नदकाे अनुभुती हुन्छ स्थानीयकाे भनाइ रहेको छ । हाल गाउँपालिकाले प्रतीक्षालय ,पिकनिक स्पोर्ट, शोचालय, धाराको व्यवस्थापन गरे लगतै आजभोलि चहलपहल बढेको पाइएको छ । पर्यटकिय स्थलको रुपमा विकास गर्न तालको गुरु योजना तयार गरि गद्द्दाघाटबाट शंकरपुर तालमा पानी संचित गर्ने आवस्यक परेको खण्ड सिचाइ गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

शंकरपुर तालकाे अवलोकन गर्नकाे लागि विजयनगर गाउँपालिका , शिवराज नगरपालिका , कृष्णनगर नगरपालिका , महाराजगन्ज नगरपालिका , बुद्धभुमि नगरपालिका लगायत अन्य पालिकाहरुकाे मान्छेहरुले विस्तारै विस्तारै अवलोकन गर्नेकाे संख्या बढी रहेको छ ।

शंकरपुर तालकाे विकास र संरक्षण भयो भने त्यहाँका स्थानीय बासीहरुकाे आर्थिक अवस्थामा पनि विस्तारै वृद्धि हुदै जाने देखिन्छ ।

कमेन्टहरु