एकल महिला र अनाथ बालबालिकालाई खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण


बाजुरा, कार्तिक १८ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका- ३ बौडी गाउँका एकल महिला र अनाथ बालबालिकालाई खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरिएको छ ।
सामाजिक अभियान्ता tiktok कार माया डागीले दुर्गम गाउँ बस्तीका गरिब विपन्न बालबालिका र एकल महिलालाई १५ बोरा चामल, १५ जोड सुइटर, १० वटा दर्जन कपी, १० प्याकेट पेन्सिल, १० दर्जन कलम, १०/१० साप्नर र कटर, १ पेटी लुगा धुने साबुन र १ प्याकेट नुहाउने साबुन लगायतका ६८ हजार रुपैयाँ बराबरका सामग्री सहयोग गर्नुभएको सामाजिक अगुवा कृष्न रोकायाले बताउनुभयो ।
बाजुरा जिल्लाकै भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा बसोबास गर्ने बौडी गाउँमा रहेका असहाय, गरिब विपन्न बालबालिका र एकल महिलाहरु सहयोग पाउँदा धेरै खुशी ल्याएको छ । यसले केहि गरिब दुखी बालबालिका र एकल महिलाको हौसला प्रदान समेत भएको हिमाली गाउँपालिका -३ का वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो । सामाजिक अभियान्ता माया डागीले जुन सहयोग गर्नुभयो,त्यसको लागि धेरै धन्यवाद छ ।
आगामी दिनहरूमा यस्तै साथ सपोर्ट अपेक्षा समेत राखेका छन ।रानिसैन भ्रमण संगै अवसर जुटाएर सानोतिनो दुर्गम ठाउँका लागि चामल, तेल, साबुन, कापी र कलमसहित खाद्यान्न तथा स्टेसनरी सामाग्री सहयोग गर्नु भएकोमा धन्यवाद सहित दिएका छन ।























