देश

जाजरकोटमा वडाअध्यक्षद्वारा सेवाग्राहीलाई बाँधेर कुटपिट

जगत ठाडा मगर
२०७८ साउन १९ | मध्यान्ह ०६:०४ बजे

जाजरकोट । जाजरकोटमा वडा अध्यक्षले स्थानीयलाई डोरीले बाँधेर पिटेको घटना बाहिरिएको छ ।

जाजरकोट जुनीचादे गाउँपालिकामा जनप्रतिनिधिले सेवाग्राहीलाई पिट्न थालेको हो चरम भ्रष्टाचार र दादागिरी शैलीमा भएको स्थानियले बिरोध गरेका छन ।
जुनिचादे गाउँपालिका वडा नं २ का वडा अध्यक्ष रामबहादुर नेपालीले बालपोषणकाे रकम माग्न जाँदा स्थानिय प्रेमबहादुर दमाईलाई डोरीले बाँधेर पिटेको हो ।

स्थानियले कार्यालयमा सेवा लिन जाँदा सेवाग्राहीलाई कमिसनमा मात्र सिफारिस दिने वडा अध्यक्षले यसभन्दा पहिले पनि एक स्वास्थकर्मीलाई पिटेका थिए ।

स्थानिय लगायत गाउँपालिकाका अध्यक्ष शिवा आचार्यले कानुनी राज्यको धज्जी उडाउने वडा अध्यक्षलाई हदैसम्मको कारबाही अगाडि बढाउन बताएको छ ।

कमेन्टहरु