सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल

रासस
२०८२ कार्तिक १७ | मध्यान्ह ०४:०७ बजे

काठमाडौँ, कात्तिक १७ ।नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उहाँले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गर्नुभयो ।
महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गर्नुभयो । उहाँले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप लगाउनुभयो । निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उहाँले निर्वाचनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।


















