किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

रासस
२०८२ कार्तिक १७ | मध्यान्ह १२:०७ बजे

काठमाडौँ, कात्तिक १७ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी नयाँ दल गठन गर्नुभएको थियो ।


















