समाचार, समाज

प्रवासी कुशवाहा कल्याण समाजद्वारा कर्जन्हामा गरे आर्थिक सहयोग

रामएकवाल राम
२०८२ कार्तिक १७ | बिहान ०६:०७ बजे

दोहा । प्रवासी कुशवाहा कल्याण समाज कतारद्वारा सिराहामा एक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन। छठ महापर्वको दिन बेलुकी घाटमा दियोबाट साडीमा आगो लागेर सिकिस्त घाइते भएकी जिल्लाको कर्जन्हा नगरपालिका -६ बेतहाकी पवित्री देविलाई उपचारमा थप सहयोगका लागि रु. २१ हजार हस्तान्तरण गरेका हुन।

शनिबार प्रवासी कुशवाहा कल्याण समाज कतारबाट रु. १६००० तथा कुशवाहा कल्याण समाज जिल्ला कार्यसमितिका क्षेत्रीय समाज क्षेत्र नं ४ तथा नगर कार्यसमितिबाट रु. ५०५५ गरि जम्मा रु. २१ हजार ५५ सहयोग हस्तान्तरण गरेको संस्थाको संस्थापक अध्यक्ष शिव कुमार महतोले जानकारी दिए।उक्त सहयोग हस्तान्तरणमा प्रवासी कुशवाहा कल्याण समाज कतारका संस्थापक अध्यक्ष श्री शिव कुमार महतो, जिल्ला कार्यसमिति सिराहाका कोषाध्यक्ष श्री राजलाल महतो, सदस्य श्री प्रभात महतो, कर्जन्हा नगर कार्यसमितिका अध्यक्ष श्री राम उदगार महतो, मिर्चैया नगर अध्यक्ष श्री धनिराम महतो, कल्याणपुर नगर अध्यक्ष श्री बिजय महतो नरहा अध्यक्ष श्री उदय महतो कर्जन्हाका समाजसेवी तथा भु पु गा बि स अध्यक्ष श्री राम दयाल महतो तथा मिर्चैया न पा ११ का समाजसेवी श्री ईन्द्र जित यादव ज्यू एवं स्थानीय भर भलाद्मी हरुको रोहबरमा सहयोग रकम हस्तान्तरण गरेको हो।

कमेन्टहरु