फोन गर्दा अँझै डाँडाको प्रयोग सरोकार निकाय मौन


बाजुरा, कार्तिक १५ । बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडा र जयवाग्यश्वरी तल्लो क्षेत्रका एक विटक वडा पालिका हुन् । यहाँ पछिल्लो समय सडक पुगेपनि टेलिफोन सेवा भने अँझै राम्रो सँग सुचारु हुन सकेको छैन् ।
जिल्लाका अन्य ठाउँमा फोरजी सेवा सुचारु हुने गरेको भएपनि यहाँका स्थानीयलाई भने फोन गर्न समेत यहाँका अग्लो डाँडामा जानु पर्ने अवस्था छ । घर भित्र राम्रो सँग फोनमा कुरा गर्न नहुने भएपछि उनीहरु फोन गर्नकै लागि यहाँको अग्लो डाँडामा जाने गरेका हुन् । पहिले देखि यहाँ घाम लागेको बेलामा अली फोन लाग्ने र पानी परेको बेला फोन नलाग्ने गरेको खप्तड छेडेदह गाउँपालिका वडा नं –१ का वडा अध्यक्ष वीरबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ अहिले वडामा अधिकाशं सबै काम अन्लाईन मार्फत गर्नु पर्ने हुन्छ । त्यसका लागि कार्यालयमा वाईफाईको अति आवश्यक छ । तर हाम्रो वडामा भने वाई फाई त के फोन गर्न समेत अँझै अग्लो डाँडामा जानु पर्छ । ” कार्यालयमा विद्युत सेवा सुचारु भएको भएपनि गाउँ नजिक टेलिकमको टावरको व्यवस्था नहुँदा वडामा आउने सेवा ग्राहीहरुलाई अन्लाईनबाट हुने सेवा दिन निकै समस्या हुने गरेको अध्यक्ष रावलले बताउनुभयो ।
खप्तड छेडेदह गाउँपालिका सात वडा मध्ये वडा नं –१ काँडा र २ जयवाग्यश्वरी वारीपारीमा रहेका छन् । यो समस्या काँडाको मात्र नभई वडा नं –२ जयवाग्श्वरीको समेत उस्तै हो । यहाँ पनि राम्रो सँग फोन लाग्दैन । फोन लागेपनि राम्रो सँग कुरा गर्न मिल्दैन । एक दुई मिनेट कुरा गरेपछि फेरि फोन समेत काटिहाल्छ ।
बाजुराको त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको नेपाल टेलिकमको टावरको भरमा काँडाका अधिकाशं ठाउँमा फोन लाग्ने गरेको छ । घाम लागेको दिनमा कतै फोन लाग्ने गर्दछ । भने पानी परेको दिनमा फोननै लाग्दैन ।
यहाँ झण्डै ३५ किलोमिटर भन्दा टाढा रहेको यो टावरले त्यहाँ राम्रो सँग काम गर्दैन् । काँडाका स्थानीयलाई नेटर्वकको राम्रो सुविधा दिनका लागि यहाँका धौलछडा माथिको डाँडामा टावर हुनु पर्ने खप्तड छेडेदह गाउँपालिका वडा नं –१ काँडाका स्थानीय पुरन रावलले बताउनुभयो ।
खप्तड छेडेदह गाउँपालिका –१ काँडाको झण्डै चार हजार आठ र वडा नं –२ जयवाग्श्वरीमा दुइ हजार ८६४ जनसङ्ख्या छ । यता नेपाल टेलिकम बाजुरा शाखाले त्यो समस्या अहिलेको नभई पुरानै रहेको जनाएको छ । यसका लागि त्यहाँ नजिक एउटा नयाँ टावर थप गर्नु पर्ने नेपाल टेलिकम जिल्ला शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ हामीलाई त्यस वडा कार्यालयले नेपाल टेलिकमको टावर थप गरिपाउँ भनेर निवेदन दिुन पर्छ । त्यसैको आधारमा हामी पनि डडेलधुरा र अत्तरिया शाखालाई सिफारिस गरिदिन्छु ।”त्यहाँ देखि त्यस ठाउँमा टावर थप्ने भनेपछि हामी लगत्तै त्यहाँ गएर टावर कहाँ राख्ने त्यसको ठाउँ सर्भे गरी टावर स्थापना गर्ने सिहले बताउनभुयो ।























