समाचार, समाज

‎सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेनजी फोरम गठन

उमेश रोकाया
२०८२ कार्तिक १६ | मध्यान्ह ०६:०७ बजे

काठमाडौँ, कार्तिक ५ । लोकतन्त्रप्रति आस्था राख्ने जेनजीहरुले फोरम गठन गरेका छन् । आम लोकतान्त्रिक युवाहरूको साझा फोरम आइतबार सुरेन्द्र भण्डारीको संयोजकत्वमा गठन भएको हो।

फोरमका सदस्यमा पुजन चाम्लिङ राई इलाम, रिशा थापा ललितपुर, सरोज विष्ट,अछाम, विशाल शाही हुम्ला, कुम्भराज सहकारी देउवा कालिकोट, जनक साउद दैलेख, लक्ष्मीप्रसाद पौडेल पोखरा, महेन्द्र कुँवर, रमेश न्यौपाने दैलेख, सुनिता मल्ल मुगु, सतेन्द्र यादव, विनोद उपाध्याय धादिङ, निरञ्जन रोहिता धनुषा, रहेको विनोद शाही ठकुरीले जानकारी दिए । ‎ ‎

राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, समावेशी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिकालगायत लोकतन्त्रका मूलभूत आधार स्तम्भलाई जुनसुकै बहानाबाट हुने आक्रमण र षड्यन्त्रलाई चिर्दै लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण जेन्जी युवाहरूलाई एकीकृत गर्न लोकतान्त्रिक जेन्जी फोरम गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

लोकतन्त्रलाई थप विकसित र परिष्कृत गर्दै अगाडी बढ्ने आफूहरूको मुख्य उद्देश्य रहेको भण्डारीले बताए । ‎‎‘मुलुकमा हुने अराजकता आगजनी हिंसा र घृणाको राजनीति होइन सामाजिक सदभाव, सहकार्य, शान्ति, एकता, सहिष्णुता र आपसी मेलमिलाप आजको आवश्यकता हो,’ भण्डारीले भने।

कमेन्टहरु