पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’


त्रिवेणी (नवलपरासी), कात्तिक १६ । पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ ।
“यहाँबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाले मन आनन्दित बनाउँछ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्न सबै बाह्य पर्यटकको रोजाइमा पनि पर्ने थियो ।” देवचुली डाँडाबाट दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भूभाग सहजै अवलोकन गर्न सकिने अधिकारीले जानकारी दिनुभयो । पूर्वाधार विस्तारसँगै पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न सकिने उहाँले धारणा राख्नुभयो ।
छोटो दूरीको पदयात्रामा रमाउनेका लागि देचवुलीडाँडा उपयुक्त गन्तव्य बन्न सक्ने कावासोतीका प्रवीन सापकोटाले बताउनुभयो । पहाडी पाखाको यात्रा, यात्रामा देखिने मनोरम दृश्यले आगन्तुकलाई आकर्षित गर्ने उहाँको भनाइ छ । एक साँझ पोखरी क्षेत्रमा रहेको घरबास ९होमस्टे०मा बास बसेर मगर समुदायको स्थानीय परिकार, संस्कृतिको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गको दलदलेबाट करिब २० किलोमिटर उत्तर लागेपछि पोखरी पुगिन्छ । त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पोखरी क्षेत्रमा खाने, बस्ने सुविधासहिका होटल सञ्चालनमा छन् । यहाँ घरबासको सुविधासमेत छ । कोही दलदलेबाट मुण्डे–कीर्तिपुरहुँदै देवचुलीडाँडा चढ्ने गर्दछन् । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीडाँडा पुग्न सकिन्छ ।
देवचुलीडाँडा जाने अधिकांश पोखरीहुँदै जाने देवचुली–६ का वडाध्यक्ष सोतीले बताउनुभयो । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले अधिकांशले यही मार्ग प्रयोग गर्ने उहाँको भनाइ छ । “यो मार्ग भएर जानेहरू अघिल्लो साँझ बोझा पोखरी पुग्ने गर्दछन् । यहाँ घरबाससमेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहान पैदलयात्रामा निस्कने गर्दछन् । पदयात्राका क्रममा बीचमा केही होटलहरू पनि छन्”, उहाँले भन्नुभयो ।
देवचुली डाँडामा प्राकृतिक गुफा, तीन कन्यामाईको मन्दिर, भ्यू टावरलगायत संरचना निर्माण गरिएको वडाध्यक्ष सोतीले जानकारी दिनुभयो । परापूर्वकालमा यहाँ पाँच पाण्डव गुप्तबास बसेका किंबदन्तीसमेत रहेको उहाँले बताउनुभयो । थारु समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । यहाँ पूजा गर्नाले आफ्नो कूलमा सुख, सम्वृद्धि प्राप्त हुने जनविश्वास थारु समुदायमा छ ।
पछिल्लो समयमा यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको वडाध्यक्ष सोतीले बताउनुभयो । अहिले विभिन्न ठाउँबाट यहाँ आउने आन्तरिक पर्यटक बढेका भन्दै दैनिक ३० जनासम्मले डाँडा चढ्ने गरेका उहाँले जानकारी दिनुभयो ।
देवचुलीडाँडा पदयात्राको गन्तव्य बन्दै जाँदा पोखरी, कुमसोत, कीर्तिपुर क्षेत्रमा चहलपहल बढेको उहाँले बताउनुभयो । यस क्षेत्रमा थप पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने योजनामा नगर र वडा कार्यालय रहेको उहाँले उल्लेख गर्नुभयो























