नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

रासस
२०८२ कार्तिक १५ | मध्यान्ह ०४:०७ बजे

काठमाडौँ, कात्तिक १५ । दीपेन्द्रसिंह ऐरीको अर्धशतीय पारीसँगै नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकालाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो ।
अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै जसदीप सिंह र शुभम रन्जानेले समान एक–एक विकेट लिए ।


















