दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कोल्टी बाट धनगढी जाँदै गरेको बस दुर्गघटनामा ६ जना घाइते

उमेश रोकाया
२०८२ कार्तिक १५ | मध्यान्ह ०३:०७ बजे

बाजुरा, कात्तिक १५ । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –७ को सेरकाटिया नजिक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

बुढीनन्दा नगरपालिका –१ को कोल्टी बसपार्क देखि मार्तडी हुँदै धनगढी जान लागेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस सडकमै पल्टिदा चालक सहित पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा  बडिमालिका –७ का ४२ वर्षिया शंकरराज सार्की  ३२ वर्षिया जयराज जैशी , बुढीनन्दा –१ का ५३ वर्षिया सेते लुहार ५३ वर्षीया जङ्गबीर सार्की र ४४ वर्षिया जयलाल विक र गौमुल गाउँपालिका –६ का २१ वर्षिया चालक तुलाराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

‎घाईतहरुलाई अहिले उपचारका लागि कोल्टी आधारभूत अस्पतालमा लिएर उपचार भइरहेको छ । घाईतको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गगन भाटले बताउनुभयो ।

बाटो साँगुरो भएका कारण बस दुर्घटना हुन पुगेको हो । बस दुर्घटना हुँदा अहिले पाँच जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि बुढीनन्दा नगरपालिका –१ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा लिएको सुदूरपश्चिम यातायात बाजुराको उद्धार समिति सदस्य रामचन्द गिरीले बताउनुभयो ।

कमेन्टहरु