देश

निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्यो `प्रत्येक दललाई ५० हजार रुपैयाँ जरिवाना´

जगत ठाडा मगर
२०७८ साउन १९ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलको ४१ वटा दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

photo 2021 08 03 15 57 37

photo 2021 08 03 15 57 39

अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको श्रेष्ठले बताए । आयोगबाट खारेज भएका प्रत्येक राजनीतिक दललाई रु.५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अन्य दलको पदाधिकारी बन्न पाउने छैन ।

photo 2021 08 03 15 57 43

आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण सार्वजनिक गरेको छ ।

कमेन्टहरु