३६ दिनमा थपिए ८५ हजारभन्दा बढी नयाँ मतदाता

नवलपुर टुडे
२०८२ कार्तिक १४ | बिहान ०९:०७ बजे

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको ३६ दिनमा ८५ हजार १०७ नयाँ मतदाता थपिएका छन् । आयोगका अनुसार काठमाडौँमा सबैभन्दा बढी ११ हजार २३० जना नयाँ मतदाता थपिएका छन् ।
ललितपुरमा ४ हजार ९९३, भक्तपुरमा ३ हजार ४३७, मोरङमा ३ हजार २८४, चितवनमा ३ हजार ६३, रुपन्देहीमा ३ हजार ३२, झापामा २ हजार ९७८, सुनसरीमा २ हजार ६२३, सप्तरीमा २ हजार ३५५ र बारामा २ हजार ३३ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले विशेषगरी जेनजीलाई लक्षित गर्दै अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको थियो । मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहने आयोगले जनाएको छ ।
आयोगका अनुसार आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै संकलन जारी छ । १६ वर्ष पूरा भइसकेका नेपाली नागरिकहरूले आफ्नो प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।























