मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीमा चोरी निकासी जडिबुटी जफतका लागि आवश्यक सहयोग अनुरोध

उमेश रोकाया
२०८२ कार्तिक १४ | बिहान ०८:०७ बजे

‎बाजुरा , कार्तिक १४ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका चोरी निकासी हुन लागेका जडिबुटी जफतका लागि आवश्यक सहयोग गरिदिनहुन अनुरोध गरेको छ ।

हिमाली गाउँपालिका अन्तर्गत पर्ने वडा नं. १ र ३ मा रहेको विभिन्न किसिमका बहुमूल्य जडिबुटीहरु अनियमित तरिकाले उत्खनन गरि वडा नं. १ को मैर्ताना र वडा नं. ३ नेतीखोला बाट मासपुर हुम्ला हुँदै चोरी निकासी भईरहेको भन्ने विभिन्न माध्यमबाट जानकारी भएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताउनुभयो ।

‎उक्त स्थानमा निगरानी गरी हिमाली गाउँ कार्यपालिकाको आर्थिक ऐन अनुसारको राजस्व संकलनका लागि आवश्यक सहजिकरण गरिदिन वडा कार्यालय आग्रह गरेको छ ।

मिति २०८२/०६/१० गतेको कार्यपालिकाको निर्णय अनुसार विभिन्न किसिमका कुनै पनि सिमा पार चोरी निकासी हुन लागेका जडिबुटी जफतका लागि आवश्यक सहयोग गरिदिनहुन अनुरोध गरेको अधिकृत थापाले बताउनुभयो ।

कमेन्टहरु