पत्रकार देवराजा यादव माथि आक्रमण प्रयास, दोषीमाथि कार्वाहीको माग


सुनसरी, कात्तिक १३ । सुनसरीको कोशी गाउँपालिका ८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादव माथि आक्रमण प्रयास भएको छ । कात्तिक १२ गते बुधबार राती सात बजेको समयमा समाचार संकलन गर्न कोशी व्यारेज सुनसरी जिल्ला भन्सार कार्यालयको अगाडि पुगेको बेला केही भन्सार एजेण्ट तथा व्यपारीहरुले पत्रकार देवराजा यादवमा माथि आक्रमण प्रयास भएको हो ।
समाचार संकलनका क्रममा माईक र बुम लिएर पुगेको बेला कोशी गाउँपालिका ८ कोशी व्यारेज निवासी समिम शेक सहितले पत्रकार यादव माथि आक्रमण प्रयास भएको स्थानीयले जनाएका छन् । शेकले पत्रकार यादवको माईक र बुम तोडफोड गर्दै हातपातको प्रयास सहित आफूमाथि आक्रमण प्रयास भएको पीडित यादवले जानकारी दिनुभएको छ ।
पीडित पत्रकार यादवले आफूमाथि भएको आक्रमण प्रयासको बारेमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा मौखिक जानकारी दिदै सुरक्षाको माग गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा आक्रमण प्रयासको बारेमा लिखित निवेदन दिदै दोषीमाथि कार्वाही र आफ्नो शान्ती सुरक्षाको माग गर्नुभएको यादवले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले घटनाको बारेमा मौखिक जानकारी आएको र लिखित आएपछि प्रहरीलाई छानविन गरी कार्वाहीको लागि निर्देशन दिने प्रतिकृया दिनुभयो ।

























