देश

अमेरिकी राजदूत बेरी र प्रधान सेनापति थापाबीच जंग अड्डामा शिष्टाचार भेटवार्ता

जगत ठाडा मगर
२०७८ साउन १९ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । आज अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरुबीच जंग अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । प्रधान सेनापति थापाको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीयबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको स्रोतले जनाईएको छ ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’

कमेन्टहरु