पत्रकार यादव माथि आक्रमण प्रयास, सुरक्षाको माग


जयकृष्ण यादव
इनरुवा, कात्तिक १३ । सुनसरीको कोशी गाउँपालिका -८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादव माथि आक्रमण प्रयास भएको छ । कात्तिक १२ गते बुधबार राती सात बजेको समयमा समाचार संकलन गर्न कोशी व्यारेज सुनसरी जिल्ला भन्सार कार्यालयको अगाडि पुगेको बेला केही भन्सार एजेण्ट तथा व्यपारीहरुले पत्रकार देवराजा यादव माथि आक्रमण प्रयास भएको हो ।
समाचार संकलनका क्रममा माईक र बुम लिएर पुगेको बेला कोशी गाउँपालिका- ८ कोशी व्यारेज निवासी समिम शेकसहितले पत्रकार यादव माथि आक्रमण प्रयास भएको स्थानीयले जनाएका छन् ।
शेकले पत्रकार यादवको माईक र बुम तोडफोड गर्दै हातपातको प्रयाससहित आफूमाथि आक्रमण प्रयास भएको पीडित पत्रकार यादवले जानकारी दिनुभएको छ । पीडित पत्रकार यादवले आफूमाथि भएको आक्रमण प्रयासको बारेमा मौखिक जानकारी दिदै सुरक्षाको माग गर्नुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले घटनाको बारेमा मौखिक जानकारी आएको र लिखित आएपछि छानविन गरी कार्वाहीको लागि प्रहरीलाई निर्देशन दिने बताउनु भयो ।























