नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

रासस
२०८२ कार्तिक १३ | मध्यान्ह १२:०७ बजे

काठमाडौँ, कात्तिक १३ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिनुभएको एन्फाका महासचिव किरण राईको जानकारी दिनुभयो । के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा पछि जानकारी गराउने उहाँले बताउनुभयो ।


















