स्वास्थ्य जिवनको लागि एकदिने नि:शुल्क शिबिर सम्पन्न


मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १० को आयोजनामा र सिद्धबाबा हस्पिटलको समन्वयमा एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ ।
बुधबार सम्पन्न एक कार्यक्रममा वडाबासी जनताको स्वास्थ्यलाई मध्यनजर राख्दै मृगौला सम्बन्धी निःशुल्क सेवा दिइएको हो । बुटवल १० का वडा अध्यक्ष. बल बहादुर पुन (बलु) रोग लाग्नु भन्दा रोग लाग्नै नदिनको लागि स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर वडाको स्वास्थ्य क्लिनिक पनि निरन्तर चलिरहेको र बिभिन्न शिविरहरुमा भिन्न किसिमको बिदेशी डाक्टहरु सगं समन्वय गरेर यो शिविर राखिएको बताउनुभयो ।
सिद्धबाबा हस्पिटलका डा शक्ति बस्नेतले ब्रिज अफ लाइव सस्था अमेरिकनबाट टेस्ट किड्स उहाँहरुकै सहयोगमा र डाक्टरको टिमहरु बिदेशको डाक्टर ८ जना र १२ जना यहाँ हामीहरु गरी २० जनाको डाक्टरहरु परिचालित भएको बताउनुभयो । नेपाल किड्नी फाउन्डेसनका सदस्य दिवाकर महतले नेपाल सरकारले बेला बेलामा यस्ता शिविरहरु गराई राख्नुपर्ने बताए।
वडा सदस्य रमेश प्रसाद अधिकारीको सयोंजकत्वमा भएको कार्यक्रममा वडाका जनप्रतिनिधि स्वयंसेवीका लगायतको सहयोगमा भएको थियो । नि शुल्क शिबिर मा ३५० जनाले सेवा लिएको वडा सदस्य यमुना काउचाले जानकारी दिनुभयो।























