विद्यार्थी अध्यक्ष मुक्ति गैरेले घाेषणा गरे “अधिकार छात्रवृत्ति”


काठमाडौं । विद्यार्थी अध्यक्ष मुक्ति गैरेले “अधिकार छात्रवृत्ति” घाेषणा गरेका छन् । उनले आज चितवनको भरतपुरमा पुगि आफ्ना समकक्षी साथीहरूका माझ उक्त छात्रवृत्ति घाेषणा गरेका हुन् । उनले छात्रवृत्ति कार्यक्रम घाेषणा गर्दै “नागरिकको नैसर्गिक एवम् माैलिक अधिकार अन्तर्गतको शिक्षा र प्राज्ञिक अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । अहिले सरकार वा जुनसुकै तह र आन्दाेलनका नाममा परिवर्तनकाे कुरा गरिएता पनि उच्च शिक्षा विपन्न, गरिब, असहाय, देशको जनसेवाका क्रममा सहिद हुनु भएका महान सहिद परिवारजनहरुका सन्तति, वेपत्ता याेद्धाहरुका सन्तति, घाइते याेद्धाहरुका सन्तति, लाेपाेन्मुख समुदायहरुका सन्तति तथा जेहन्दार र बहुप्रतिभाशालि विद्यार्थीहरुका लागि सुनिश्चित नभएकोले आँफुले यस्तो घाेषणा गरेको बताएका छन् । हामी शैक्षिक एवम् प्राज्ञिक अधिकारकाे निमित्त त लडिरहेका छाैं याे लडाइँ लामो भएको छ । याे अधिकार पुर्ण प्राप्तिका लागि राज्य व्यवस्था नै आमुल परिवर्तन हुनुपर्ने छ तर यहाँ भएन निरन्तर संघर्ष गरिरहेका छाैं ।”
उनलेे गरेको छात्रवृत्ति घाेषणा पत्र – २०८२ निम्न छ : “अधिकार छात्रवृत्ति – २०८२ घाेषणा
अधिकार छात्रवृत्ति जुनसुकै समुदायमा रहनु भएका विपन्न, गरिब, असहाय, देशको जनसेवाका क्रममा सहिद हुनु भएका महान सहिद परिवारजनहरुका सन्तति, वेपत्ता याेद्धाहरुका सन्तति, घाइते याेद्धाहरुका सन्तति, लाेपाेन्मुख समुदायहरुका सन्तति तथा जेहन्दार र बहुप्रतिभाशालि विद्यार्थीहरुकाे पढाइलाई सुनिश्चित गर्न दिईने पुरस्कार हाे । याे विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराईने पुरस्कार हाे । उनिहरु माैलिक एवम् नैसर्गिक रुपमा शिक्षाबाट बन्चित नहुन भन्ने उदेश्यले याे छात्रवृत्ति स्थापना गरेका छाैं । याे पुरस्कार शैक्षिकसत्र शुरु भए पछि भर्ना समयावधि भित्र नै अनिवार्य उपलब्ध गराईने छ । याे पुरस्कार यस “अधिकार छात्रवृत्ति” निहित रहि छनाेट गरेका शैक्षिक अधिकारबाट बन्चित हुन लागेका विपन्न, गरिब, असहाय, सहिद परिवारहरुका सन्तति, वेपत्ता याेद्धाहरुका सन्तति, घाइते याेद्धाहरुका सन्तति, लाेपाेन्मुख समुदायहरुका सन्तति तथा जेहन्दार र बहुप्रतिभाशालि विद्यार्थीहरुकाेलाई मात्रै उपलब्ध गराईने छ । पुरस्कारको राशि छनाेटमा परेका विद्यार्थीहरुकाे बिषयगत पढाइ खर्च भर्नाका आधारमा उपलब्ध गराईने छ । याे पुरस्कार कुनै पनि एनजीओ, आईएनजिओ, विदेशी कुटनैतिक नियाेग, दुताबास र दातृ संस्थाहरुकाे सहयोग संकलन गरि उपलब्ध गराईने छैन् ।हामीले संचालन गरेको महान लक्ष्यमा आधारित निस्वार्थ सहयोग, साथ र समर्थन गर्ने हाम्रा स्वच्छ भावनाहरुबाट प्रेरित भई स्वविवेक, निस्पक्ष र न्याय संगतबाट स्वतह स्फुर्त सहयोग गरिने पुरस्कार हाे ।
मुक्ति गैरे
अध्यक्ष
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)
केन्द्रीय समिति”























