देश

अघिल्लो सरकारले गरेको जनविरोधी काम खारेज गर्नुपर्छ : एमाले नेतृ रामकुमारी झाँक्री

जगत ठाडा मगर
२०७८ साउन १९ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई तत्कालीन सरकारले खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् ।

झाँक्रीले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वर्तमान सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन् ‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधि मण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ ।

नेतृ झाँक्रीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको पनि बताइन् ।

कमेन्टहरु