न्यायालय

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

रासस
२०८२ कार्तिक १२ | बिहान ०७:०७ बजे

काठमाडौं, कार्तिक १२ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर र संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।

कमेन्टहरु